अवैध सुनका गहनासहित एक महिला पक्राउ

काठमाडौँ, १५ असोज । रुपन्देहीमा २ करोड ५१ लाखभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित एक महिला पक्राउ परेकी छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गहनासहित काठमाडौँ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार गएराति करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पटेलको साथबाट २ किलो ६०५ ग्राम तौल बराबरको सुनजस्तो देखिने विभिन्न किसिमका गहना बरामद गरेको थियो ।

बरामद गहनाको परीक्षण तथा परिमाण यकिन गर्न असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो । परीक्षणका क्रममा उक्त धातु १ किलोग्राम शुद्ध सुन रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम भएको छ ।

पटेललाई बरामद गरिएका सम्पूर्ण गहनासहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ । बरामद गहनामा हार ९ पिस, औँठी ८१ पिस, चुरा १३ पिस, माला ४ पिस, हसुली किसिमको सिक्री ८ पिस, पत्थरसहितको झुम्का २० पिस, झुम्का २४ पिस, गोली औँठी १४ पिस, लकेट (जन्तर) १ पिस, पोते १७ पिस, सिक्री २४ पिस, बाली र जुली १८८ जोर, पत्थरसहितको टप ६४ जोर, नाकको फूली २२ पिस, पत्थरवाला हार २ पिस, सानो झुम्का १० पिस, कानको बाली ११ जोर र ब्रासलेट ८ पिस रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय