काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अविरल वर्षाका कारण आज बिहान पहिरो खस्दा स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरिएको हो ।
पहिरोमा परी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन् । प्रहरीले अहिले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।






