आजबाट सोह्रश्राद्ध सुरु

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापूर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ ।

तिथिको आधारमा पर्ने हुनाले प्रत्येक वर्ष सोह्रश्राद्ध सुरु र अन्त्य हुने समय फरक हुन्छ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु गरी औँसीसम्म गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ । यो वर्ष आश्विन ११ गते आइतबारबाट सुरु भई आश्विन २४ गते शनिबार सकिनेछ ।

सङ्ग्रह ग्रन्थमा भनिएको छ – पिता, पितामह, माता, पितामही, प्रपितामही, सौते माता, मातामह, प्रमातामह, वृद्धप्रमातामही, पत्नी एवं पुत्र, पिताकी सौते आमा, आफ्ना दाजुभाइ र तिनका पत्नीहरू, पिता एवं माताका दिदीबहिनीहरू, आफ्ना दिदीबहिनी, तिनका पति र छोराछोरीहरू, आफ्ना गुरु एवं शिष्य, आप्त पितृहरू यी सबै माहालयश्राद्ध, तीर्थश्राद्ध र तर्पणविधिमा पितृदेवता मानिएका छन् । हामीले आमा बुबाको स्वर्गारोहण भएको तिथिमा गरिने एकोदृष्ट श्राद्धमा दिएको अन्न तथा जल बर्सभरि नै पितृहरूले प्राप्त गर्दछन् भन्ने शास्त्रीय मान्यता रहेको छ । सोह्र श्राद्धको समयमा आफ्ना आफ्ना पितृहरू घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate