ट्रकको ठक्कबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ, १० असोज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीननम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई गएराति ११ बजे पछाडिबाट ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक मोरङका ३५ वर्षीय योगेन्द्र मगरको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट युवा तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा कमलामाई

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा

काठमाडौँ, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम

हेटौँडा, १० असोज । भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत मकवानपुर जिल्लामा शनिबारका लागि तय