एसियन गेम्स पुरुष क्रिकेट आजदेखि सुरु 

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा सञ्चालन हुने पुरुष क्रिकेटतर्फ आज दुई खेल छन् ।

पहिलो खेल समूह ‘ए’ अन्तर्गत बिहान पौने ६ बजेदेखि अफगानिस्तान र जापानको बीचमा छ । दोस्रो खेल पौने ११ बजेदेखि समूह ‘बी’ मा रहेका हङकङ र मलेसियाबीच हुनेछ ।

प्रतियोगितामा नेपालको खेल भने भोलि शुक्रबार रहेको छ । नेपाल र अफगानिस्तानबीच शुक्रबार बिहान पौने ११ बजेदेखि खेल सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । समूहमा तीन टोली रहेकाले नेपालले कम्तीमा एक खेल जित्न सके क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।