नेपालगञ्जमा गोली चल्यो

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बहराइचबाट लागूऔषध खैरो हेरोइन संकलन गरी लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा बिक्री गर्ने गिरोहलाई निगरानी गर्ने क्रममा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१४ बाट एक जनालाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई शंका लागी रोक्न खोजेको थियो । प्रहरीका अनुसार ती व्यक्तिले चेतावनीका बाबजुद मोटरसाइकल नरोकेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो ।

त्यसपछि मोटरसाइकलसहित नियन्त्रणमा लिई खानतलासी गर्दा भारतको उत्तर प्रदेश बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राईको साथबाट लागूऔषध खैरो हेरोइन १०३ ग्राम ७९० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय नम्बर प्लेट UP40J0657 को मोटरसाइकल र एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका