गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार राति १० बजे दुई राउण्ड गोली चलाएर पर्साकै पटेर्वासुगौली गाउँपालिका-१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरीचौधरीलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा पटेर्वासुगौलीस्थित इलाका प्रहरी कार्यालयको टोली वडानम्बर १ को मलाही टोल पुगेको थियो । त्यसक्रममा गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरु भागेपछि प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस