१० जना जुवाडे पक्राउ

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका-२ तारेभिरस्थित जंगलमा ओखर जुवा खेलिरहेको अवस्थामा काभ्रेको महाभारत गाउँपालिका-३ घर भई हाल बनेपा बस्ने ३१ वर्षीय राम बहादुर मोक्तानसहित १० जना बिहीबार साँझ पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेकै स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरीले जुवाको खालबाट नगद १ लाख ८ हजार ४ सय रूपैयाँ र १४ थान ओखर बरामद गरेको छ । 

पक्राउ परेका सबैजनामाथि प्रहरीले आवश्यक अनुधान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको