काठमाडौँ, २ असोज । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरको १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकङ्को स्कुटरलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।





