लागूऔषधसहित सात जना पक्राउ

काठमाडौँ, १ असोज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरुका साथबाट १२ दशमलव ४६० ग्राम लागूऔषध बरामद भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–३ बाट तीन जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ५१ दशमलव ५४ ग्राम लागूऔषध बरामद गरिएको छ ।

पक्राउ परेकाको साथबाट प्रहरीले मोटरसाइकल, डिजिटल, तराजु, एनसेलका सिमकार्ड नौ थान, एनटिसीका तीन थान सिमकार्ड बरामद गरेको छ । यस्तै, भारतीय रुपैयाँ एक लाख ४६ हजार, ९९ हजार, विभिन्न कम्पनीका किप्याड मोबाइलका तीन थान बरामद गरेको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा