आजबाट तीन फिल्म प्रदर्शनमा

काठमाडौँ, २ असोज । आजबाट हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘झिँगे दाउ २’, ‘कार्की साइला’ र ‘माया बस्छ कि के हो !’ । 

यी तीनै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । फरक विषयवस्तु बोकेका तीनै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा निर्माण युनिटहरूले गरेका छन् ।

‘झिँगे दाउ २’: अघिल्लो भागको सफलतापछि दर्शकमाझ निकै हाइप बनाएको ‘झिँगे दाउ २’ यस साताको मुख्य आकर्षण हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी लगायतका चल्तीका कलाकारहरूको बाक्लो उपस्थिति छ । पारिवारिक कथा र हास्यरसलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको यस फिल्मले देशभरका मल्टिप्लेक्सहरूमा उच्च शोज पाएको छ भने सुखद ओपनिङ गर्ने बलियो संकेत देखाएको छ ।

‘कार्की साइँला’ : जितु नेपालको भिन्न अवतार रहेको फिल्म हो ‘कार्की साइँला’। सधैँ हास्य कलाकारको रूपमा चिनिएका जितु यसपटक गाउँले परिवेशको एक भरियाको गम्भीर भूमिकामा प्रस्तुत फिल्ममा देखिनेछन् । राजेन्द्र बस्नेतको निर्देशनमा बनेको यो फिल्मले भरियाको जीवन संघर्ष, प्रेम, विवाह र समाजको हेपाइलाई मार्मिक ढंगले उठाएको छ । फिल्ममा जितुलाई जोडीमा प्रियाना आचार्यले साथ दिएकी छन् ।

‘माया बस्छ कि के हो !’ : राजु अधिकारीको निर्देशन रहेको युरोपको बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्ड र स्वदेशमा खिचिएको फिल्म शरद अधिकारी र  बहादुर सिंह तामाङ निर्माता रहेका छन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्म रबिन्द्र बरालले खिचेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा