काठमाडौँ, ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साहलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।
आयोगको टोलीले नापी सर्वेक्षक साहलाई सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा बर्दिबासस्थित एक होटलबाट आज साँझ पक्राउ गरेको हो ।
सर्वेक्षक साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।





