बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा बाँदर खेदाउने क्रममा खोटाङमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा बाँदर खेदाउने क्रममा ५४ वर्षीय भल बहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लाग्दा निजकै काकाको छोरा (भाइ) ५३ वर्षीय श्याम बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धानको लागि भल बहादुर तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्