डेढ क्विन्टल बढी गाँजा बरामद

काठमाडौँ, २४ भदौ । सशस्त्र प्रहरी बल सिराहाले डेढ क्विन्टलभन्दाबढी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एक क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा सशस्त्र प्रहरीबल नेपाल नम्बर ७ गण हेड क्वाटर सिराहाको गस्ती टोलीले गएराति १ः ३५ बजे बरामद गरेको हो ।

टाउकोमा बोकेर नेपालबाट भारत तर्फ अवैधरुपमा लैजाँदै गरेको अवस्थामा टोलीलाई देखेर व्यक्तिहरू फरार भएको र उक्त प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको हो ।

उनले प्लास्टिकमा प्याक गरी कपडाले बाँधेको ८ वटा गाँजाको पोका बरामद भएको बताए । नियन्त्रणमा लिइएको उक्त पदार्थ आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६