नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य

काठमाडौँ, २४ भदौ । नेकपा (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई  अभूतपूर्व विनाको दिन भनेका छन् । यो दिनलाई देशको इतिहासकै दुःखद दिनका रूपमा स्मरण गर्दै उनले  त्यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना गरेका छन्।

भदौ २४ को घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले राज्यका संरचना, सम्पदा र निजी सम्पत्तिमाथि भएको विध्वंसप्रति  टिप्पणी गरेका छन्। आफ्नै इतिहासको पानामा आगो सल्काएर खरानीको टीका लगाउने प्रवृत्तिलाई उनले  व्यंग्य गरेका छन्। शत्रुले वर्षौंसम्म योजना बनाएर पनि गर्न नसक्ने ‘अभूतपूर्व विनाश’ आफ्नै हातबाट गरिएको भन्दै उनले त्यसलाई विडम्बनापूर्ण घटनाका रूपमा चित्रण गरेका छन्।

देशको सम्पदा ध्वस्त पारेर सत्ताको कुर्सीमा मुस्कुराउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्दै आचार्यले त्यस्तो गतिविधिले नेपालमा लगानी गरेर समृद्ध बन्ने अन्तर्राष्ट्रिय समुदायको विश्वासमा समेत असर पार्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी