काठमाडौँ, २२ भदौ । धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक सञ्जितकुमार राम र धनुषा घर भएका राकेश राम छन् । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २ सय ग्राम खैरो हेरोइन बरामद गरिएको छ । बिहीबार घर भएका सञ्जितकुमार रामले भारतबाट खैरो हेरोइन ल्याएर मधेस प्रदेशका जिल्लाहरूमा बेच्न खोजेको प्रहरीको अनुसन्धानले देखाएको छ ।





