पर्यटक आगमन घट्यो

काठमाडौँ, २० भदौ । सन् २०२६ को अगस्टमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ ।

०२५ अगस्टको तुलनामा यो महिना पर्यटक आगमन ३.६५ प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ । ०२६ को अगस्टमा ८५ हजार चार सय ४४ विदेशी पर्यटक आएका छन् । अघिल्लो वर्षको अगस्टमा ८८ हजार ६ सय ८० पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार तीन सय ७३ जना पर्यटक आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । त्यसपछि चीनबाट १० हजार तीन सय चारजना पर्यटक नेपाल आएका छन् । त्यस्तै, श्रीलंकाबाट आठ हजार सात सय १० जना पर्यटक आएका छन् । त्यस्तै, अमेरिकाबाट ६ हजार दुई सय ९३, बंगलादेशबाट चार हजार चार सय ८७ र बेलायतबाट तीन हजार चार सय ७६ जना पर्यटक नेपाल आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा