सात सय घरमा विद्युत् विस्तार

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।

नेपाल बिद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८२र ०८३ मा जिल्लाका विभिन्न ठाउँमा सात सय उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता धवलागिरि गाउँपालिकाको मल्कवाङ, खोरिया, लमसुङ, फलियागाउँ, मालिकाको महभिरमा विद्युत् सुविधा विस्तार भएको जानकारी दिए ।

मल्कवाङका एक सय १०, खोरियामा ६०, लमसुङमा २५, महभिरमा एक सय २० र फलीयागाउँमा एक सय ५० वटा विद्युतको मिटर जडान भएको उनले जानकारी दिए । 

केन्द्रका प्रमुख गामीका अनुसार धवलागिरिको खिवाङ, मालिका गाउँपालिकाको पन्थोक, जुग्जा, सिस्नेरी, खवाङ, अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल मोहरेडाडा, फुलवारी र डाडाखर्कमा केन्द्रीय लाइन विस्तारको तयारी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा