आजको राशिफल

काठमाडौँ, १९ भदौ । २०८३ साल भदौ १९ गते शुक्रबारको राशिफल । 

मेष : दिन सामान्य छ। साना कुराले व्यवहारमा अवरोध गर्नेछन्। मनमा चिन्ता बढ्नेछ। व्यापारमा गरेको लगानी डुब्ने जोखिम छ। राजनीति र स्वस्थ्यको क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्।

वृष : दिन राम्रो छ। योजना सफल बन्नेछ। राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। काम सफल बन्नेछ। बोलीमा मधुरता आवश्यक देखिन्छ। तपाईंको कामको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा लगानी गरेको भए विदेशमा फाइदा हुनेछ।

कर्कट : आज दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त होला। सम्पत्ति खर्च भए पनि तपाईंको चर्चा बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

सिंह : दिन सामान्य छ। मन अशान्त बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। अनावश्यक खर्च बढेर परिवारमा बोझ थपिने जोखिम छ।

कन्या : दिन राम्रो छ। आम्दानी बढ्नेछ। तपाईंको विदेश जाने योजना भए आज नहिड्नु राम्रो हुनेछ। स्वदेशमा लगानीका सम्भावना भेटिने छन्। परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ।

तुला : धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। गुरुसँग संगत बढ्नेछ। कलाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी प्रयासले सफलता प्राप्त गर्नेछ। परिवारको छायामा दिन बित्नेछ। ठुला व्यक्तिसँगको संगतले महत्त्वपूर्णा काम बन्नेछ।

धनु : दिन सामान्य छ। हरेक काममा अवरोध देखिने छ। स्वस्थ्यमा समस्या हुनेछ। मन अशान्त बन्नेछ। परिवाको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा भन्दा राजनीतिक क्षेत्रमा तपाईंको नाम चल्ने छ।

मकर : परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : शुभ दिन छ। यात्रा हुनेछ । आम्दानीका स्रोत भेटिनेछन् । बौद्धिक व्यक्तिसँगको भेटले प्रगति हुनेछ। ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ। श्रमको मूल्य मिल्नेछ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बोल्दा सोच्नुपर्ने हुनसक्छ। स्वस्थ्यमा सुधार हुनेछ। परिवारको साथमा गरेको काम सफल बन्नेछ। हरेक काम गर्दा मनमा उत्साह बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री बालेन शाहले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने बताएका छन् ।  श्रीकृष्ण जन्माष्टमीको

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री

काठमाडौँ, १८ भदौ । मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्

काठमाडौँ, १८ भदौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नुभएको