विपद् व्यवस्थापनमा सरकारलाई सघाउन कांग्रेस प्रतिबद्ध छ : सभापति थापा

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टी तयार रहेको बताएका छन् ।

आज पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नै नेतृत्व गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर मद्दत गर्ने बताए । 

उनले भने, ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्‍याउनु हो ।’

बैठकमा थापाले कांग्रेसका केन्द्रीय सदस्यहरू, सांसदहरू र देशभरका निर्वाचित जनप्रतिनिधिहरूलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरे । ‘पार्टीका विभिन्न समितिहरूबाट सङ्कलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाइनेछ,’ उनले भने, ‘राहत वितरणमा डुप्लिकेसन नहोस् भन्नका लागि यो कदम चालिएको हो ।’

विशेष गरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेकाहरूको उद्धारका लागि नेपालसँग पर्याप्त विज्ञता नभएको खण्डमा बाहिरबाट मद्दत लिन संकोच मान्न नहुने उनको धारणा थियो । यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग पनि कुरा गरिसकेको उनले जानकारी दिए । ‘हामीसँग भएको स्रोतले मात्र पुग्दैन भने बाहिरको मद्दत लिएर भए पनि नागरिकको ज्यान जोगाउनुपर्छ,’ थापाले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी