विपद्‍मा सरकारी स्रोत साधनले मात्रै सम्भव हुँदैन, सरकारलाई साथ दिन तयार छौं : सभापति थापा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

आज रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति थापाले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।

उनले भने, ‘सरकारबाट भएको स्रोत र साधनबाट मात्रै यत्रो विपत्तिमा काम गर्न सम्भव हुँदैन । राज्यले सबै संयन्त्र परिचालित गरिरहेको छु भनिरहँदा सँगसँगै के पनि ख्याल गर्नु पर्दछ भन्दा नियमित समयमा सरकारसँग भइरहेका साधनहरू भन्दा बाहेक सबै राज्यकै हो । सरकारले परिचालित गर्दा हामी तयार छौं ।’

सडक सफा गर्न जनशक्ति अभाव भएको हुँदा अन्य दलबाट सहयोगको अपेक्षा गृहमन्त्री सुधन गुरुङले बैठकमा राखेका थिए । त्यसका लागि पार्टी संरचना परिचालित हुने जानकारी गराएको सभापति थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म १७७

काठमाडौँ, ११ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ सय रुपैयाँले

काठमाडौँ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ

काठमाडौँ, ११ भदौ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा भेटिएको छ ।