आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ । घाइतेको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ ।

यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी

काठमाडौँ, ११ भदौ । २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। गुम्न लागेको धन

काठमाडौँ, १० भदौ । भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ,

काठमाडौँ, १० भदौ । भोटेकोसी बाढीका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । नेपाल प्रहरीका अनुसार  रसुवा, नुवाकोट, धादिङ, चितवन