सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित रही पत्रकारिता गरिनु पर्ने आवश्यकतामा जोड दिएका छन्।

आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै उनले सत्य र तथ्यको आधारमा गरिने पत्रकारिताले मात्र समाजलाई बलियो बनाउने बताए।

मुख्यमन्त्री कार्कीले बीमा कम्पनील बीमितको भुक्तानीे सहज र सरल ढङ्गबाट गर्ने व्यवस्थाका लागि आग्रह गर्दै प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितमा काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

आफनो नेतृत्वको सरकारले सबै राजनीतिक दलसँग सहकार्य गरेको घटना सुनाउदै उनले व्यवसायीलाई आफनो पेशामा टिकाउन बिमा कम्पनीको ठुलो भूमिका रहेको बताए। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहसिक एवं जोखिमपूर्ण पेसा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट बीमित लाभान्वित हुने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मोरङको विराटनगर

काठमाडौँ, ८ कार्तिक । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ