१९९ किलो गाँजासहित एक जना पक्राउ

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले गएति कटारी नगरपालिका–४, मरुवा खोला क्षेत्रबाट गाँजा र टिपरसहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भदौ ८ गते राति करिब १ः ४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो ।

गाँजासहित पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भएका तथा हाल कटारी नगरपालिका–४ बस्ने २१ वर्षीय सोम मगर रहेका छन् । उनलाई टिपरसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरको बेलका नगरपालिका-५ जहडामा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट

भक्तपुर, ८ भदौ । भक्तपुर जिल्लामा योगलाई संगठित र संस्थागत रूपमा स्थापित गरेको दुई दशक पूरा भएको सन्दर्भमा सूर्यविनायकस्थित शुभकामना