वामपन्थी पार्टीहरू २०१७-०२७ को हालतमा पुगे : गोकुल बास्कोटा

काठमाडौँ, ७ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा पुगेको बताएका छन् ।

सामाजिक सञ्जालमा बास्कोटाले नेपालका समग्र वामपन्थी पार्टीहरूको भविष्य र दिशामाथि पनि गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “पार्टी जिम्वालको मौजा होईन,कस्ले बोल्न पाउँछ र कस्ले पाउँदैन भन्न।कम्जोर हुदा अधिकार -बलियो हुदा अराजकता ! जुनसुकै सत्ता न नेता -हिजो,आज र भोलीको सदाबहार सत्य यै हो।तर नेपालका बामपन्थी पार्टीहरु चै ठ्याक्कै ०१७-०२७ को हालतमा पुग्या छन,क्रसरोडमा उभिएको यात्री झै।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।