काठमाडौँ, ४ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी मेसिन चालकसहित भिरमा खसेको थियो ।
प्रहरीका अनुसार भे.१ ग १२७ नम्बरको जेसीबी बाटो सफा गर्ने क्रममा सडकबाट करिब ३०० मिटर तल खसेको हो । दुर्घटनामा जेसीबी चालक बराहताल गाउँपालिका–५ बस्ने करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए ।
घाइते लामिछानेलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेतमा उपचारका लागि पुर्याइएकोमा चिकित्सकले ईसीजी परीक्षण गरी मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





