केवाईसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

साइबर ब्युरो भोटाहिटीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा गत साउन ३१ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेहरूमा बाराको देवताल गाउँपालिका–४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१६ बस्ने २२ वर्षीय जय कुमार केवट, रामग्राम–१७ बस्ने २२ वर्षीय विद्या सागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ बस्ने २७ वर्षीय कुवेर थापा रहेका छन्।

उनीहरूले बहालवाला तथा सेवानिवृत्त कर्मचारीहरूलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कलमार्फत स्क्रिन सेयर गर्न लगाई ओटीपी कोड प्राप्त गर्ने वा माग्ने गरेका थिए । त्यसपछि बैंक खातामा पहुँच पुर्‍याएर रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्राविधिक विश्लेषणबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । नेकपा (एमाले)ले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको

हेटौँडा, २ भदौ । नेकपा (एमाले) वागमती प्रदेश संसदीय दलको नेताका विषयमा देखिएको विवाद समाधानका निम्ति दुई विकल्प अघि सारिएको

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

काठमाडौँ, २ भदौ । रास्वपा सांसद मोहनलाल आचार्यले वैकल्पिक व्यवस्थाका निम्ति विद्युत्‌को पाँच प्रतिशत भ्याटमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।