लुटपाट गरेको आरोपमा प्रहरी सहायक हवलदारसहित दुईजना पक्राउ

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई केही दिनअघि प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । सहायक हवलदार र सिन्धुपाल्चोक घर भएका जीवन घतानी बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १ लाख २३ हजार नगद बरामद गरेको छ ।

आरोपीहरूले एकजना व्यक्तिलाई सस्तोमा ‘खसीबोका मिलाइदिन्छौ’ भनेर टोखा क्षेत्रमा बोलाएर लुटेको प्रहरीको अनुसन्धानले देखाएको छ । पीडितले आफ्नो २५ लाख लुटपाट भएको दाबी गरेका छन् । तर, उनको दाबीबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त महाराजगञ्जले उनीहरूमाथि लुटपाट सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सहायक हवलदार शाही अस्पताल जान्छु भनेर निस्केका थिए । अस्पतालमा जाने बहाना बनाएर कार्यालयबाट निस्केर उनी टोखामा लुट्न गएको अनुसन्धानले देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । नेकपा (एमाले)ले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा हङ्गामा भएको छ

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

काठमाडौँ, २ भदौ । रास्वपा सांसद मोहनलाल आचार्यले वैकल्पिक व्यवस्थाका निम्ति विद्युत्‌को पाँच प्रतिशत भ्याटमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।