सुनको सिक्री लुट्ने र किन्ने चार जना पक्राउ

काठमाडौँ, २ भदौ । उपत्यकाका विभिन्न स्थानमा पैदलयात्री महिला तथा जेष्ठ नागरिकलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने ३२ वर्षका योगेन्द्र तामाङ र सिक्री तान्ने काममा संलग्न रामेछापको दोरम्बा गाउँपालिका-२ ढोईगाउ घर भई हाल पेप्सिकोला बस्ने ३६ वर्षका काले भन्ने देबेन्द्र थापा मगर छन्।

त्यसैगरी चोरीको सुन किन्ने कार्यमा संलग्न भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ मालबासे घर भई हाल नरदेवी बस्ने ४० वर्षका मिलन बि.क. र भारतको कलकत्ता वेस्ट बंगाल घर भई हाल भेडासिंग बस्ने ४० वर्षका संजित सामन्तलाई पनि प्रहरीले पक्राउ गरेको छ।

गत साउन २६ गते दिउँसो भक्तपुरको मध्यपुर थिमी-१ लोकन्थली बिग मार्ट नजिक र साउन ३० गते बिहान लोकन्थली हनुमान चौकमा मोटरसाइकलमा सवार दुई व्यक्तिले एक्लै बाटोमा हिडिरहेका महिला तथा जेष्ठ नागरिकको घाँटीमा रहेको सुनको सिक्री जबरजस्ती तानेर फरार भएका थिए ।

अनुसन्धानका क्रममा यो गिरोहले सुनसरीको धरान उपमहानगरपालिका-१५ पाथीभरा लाइनबाट साउन २२ गते दिउँसो पैदलयात्रीको करीब २.५ तोला र इटहरी उपमहानगरपालिका-२० तरहराबाट साउन ३१ गते बिहान पैदलयात्रीको ३ तोला सुनको सिक्री लुटेको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । नेकपा (एमाले)ले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा हङ्गामा भएको छ

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

काठमाडौँ, २ भदौ । रास्वपा सांसद मोहनलाल आचार्यले वैकल्पिक व्यवस्थाका निम्ति विद्युत्‌को पाँच प्रतिशत भ्याटमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।