आजको राशिफल

काठमाडौँ, २ भदौ । २०८३ साल भदौ २ गते मंगलबारको राशिफल ।

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : आज जोगिएर काम गर्नुपर्ने दिन छ । सोचेका काम नबन्दा निराशा थपिनेछ । खर्च बढ्नेछ । संकटमा परिवारको साथ भने मिल्नेछ ।

मिथुन : आजको तपाईंको दिन सामान्य छ। बोल्दा सचेत हुनुपर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। यात्रामा खर्च हुनेछ।

कर्कट : दिन राम्रो छ। धन लाभ हुनेछ। राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : दिन राम्रो छ। आज काम बन्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ला। हरेक क्षेत्रमा प्रगति हुनेछ। आफन्तको साथ मिल्नेछ।

कन्या : धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला । विपक्षी र परिवारले साथले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ।

तुला : दिन सामान्य छ। सोचेको काम नबन्ने जोखिम रहन्छ। खर्च बढ्नेछ । प्रेममा मनमुटाब बढ्ने खतरा छ। काम गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। आफन्तले असहयोग गर्नेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

धनु : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ।

मकर : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । मिहिनेत गरेको ठाउँबाट धन आर्जन हुनेछ। आज व्यापारमा फाइदा हुनेछ । शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने झगडा हुने खतरा छ।

कुम्भ : आज स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । यात्रामा ननिस्कनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा हरेक काम सफल बन्नेछन्। प्रेम सम्बन्धमा उतारचढाव आउने छ।

मीन : दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनसक्छ। शरीरमा नयाँ रोग देखिने जोखिम छ। आज कुनै कुरामा जिम्मेवार महशुस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको