ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना चालक कारबाहीमा

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरुमा तीव्रगति सवारी साधन चलाउने ३४ जना, मादक पदार्थ खाएर सवारी साधन चलाउने ५८ जना, रातो बत्तीको उल्लंघन गर्ने २७ जना,  गलत ठाउँमा पार्किङ गर्ने ४८ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १४, अनावश्यक हर्न बजाउने १३ जना र जथाभावि यात्रु चढाउने र ओराल्ने ८ जना पक्राउ परेका हुन् ।

यस्तै काठमाडौँ उपत्यकामा आइतबार ३१ जनाले सचेतना कक्षा लिएको छन् । काठमाडौँमा १८ ललितपुरमा ६ जना भक्तपुर ७ जना सहभागी भएका हुन् । ट्राफिक नियम उल्लंघन गरे सचेतना कक्षा लिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नाफा संकुचन भइरहेको भन्दै यस विषयमा गम्भीर

मकवानपुर, १ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त्री बानियाँले

काठमाडौँ, ३१ साउन । भारतीय प्रधान सेनापति जनरल धिरज सेठ नेपाल आइपुगेका छन् । आज अपराह्न ४ बजेर १५ मिनेटमा

काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलताको मानक पद वा सत्ता मात्र हुन नसक्ने बताएका छन्।