काठमाडौँ, ३१ साउन । बजारमा अनारको भाउमा गिरावट आएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज आइतबार अनारको भाउमा गिरावट आएको हो ।
आज आइतबार अनारको भाउ थोकमा प्रतिकिलो २५ रुपैयाँ घटेको छ । आज अनार थोकमा न्यूनतम ३ सयदेखि अधिकतम ३ सय ५० र औसत ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो शनिबार भने अनार थोकमा प्रतिकिलो न्यूनतम ३ सयदेखि अधिकतम ४ सय र औसत ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।






