जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु

काठमाडौँ, २८ साउन । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।

सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् ।

स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले सङ्क्रमित अधिकांश ५० वर्षभन्दा माथिका रहेको जानकारी दिए । जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । सङ्क्रमण भएपछि भाइरसले मस्तिष्कमा असर गर्छ ।

सुँगुर र हाँस जेई भाइरसका मुख्य स्रोत मानिन्छन् । सुँगुर पालन गर्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू सङ्क्रमणको उच्च जोखिममा रहने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ