करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौँ, २५ साउन । कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कृष्णपुर नगरपालिका–५, गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युत्‌को तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु गएको छ । प्रहरीका अनुसार पोखरा– २५ हेम्जास्थित म्याग्दीचोकमा

काठमाडौँ, २६ साउन । जाजारकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९

काठमाडौँ, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका –०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २६ साउन । कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार कपिलवस्तु