आजको मौसम

काठमाडौँ, २५ साउन । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भू-भागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ । मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर साधारणतया बादल लाग्ने अनुमान छ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाडी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्केमा वर्षाका कारण लेदोसहितको पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग पुन:

काठमाडौँ, २५ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपलिका १ शाहीचोकमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, २५ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

भक्तपुर, २५ साउन । भक्तपुर जिल्लामा सञ्चालन रहेको परिवर्तनशील आवाज साप्ताहिले १९औं वर्षमा प्रवेश गरेको छ । स्थानीय तह अन्तरगत