हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ, २४ साउन । सोलुदुधकुण्ड नगरपालिका ११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका छन् । 

प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु गएको छ । प्रहरीका अनुसार पोखरा– २५ हेम्जास्थित म्याग्दीचोकमा

काठमाडौँ, २६ साउन । जाजारकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९

काठमाडौँ, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका –०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २६ साउन । कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार कपिलवस्तु