काठमाडौँ, २२ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ ।
आज दिउँसो करिब १३:५० बजे सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव रहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
शवको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





