काठमाडौँ, २१ साउन । ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । आज बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।
बा२ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।







