करिब २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौँ, १९ साउन । काठमाडौँका छुट्टाछुट्टै दुई स्थानबाट करिब २१ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-२६ सामाखुसी डेरा गरी बस्ने धादिङ सिद्धलेख गाउँपालिका-२ का ३० वर्षीय बिनोद अर्यालको कोठाबाट सोमबार दिउँसो चोरी भएको हो । उनको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ५ लाख ९४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौँको तारकेश्वर नगरपालिका-७ फुटुङ बुढाथोकी टोल बस्ने ४२ वर्षीय खेटराज पाण्डेको घरबाट पनि सोमबार दिउँसो चोरी भएको छ । उनको घरबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब १५ लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ भदौ । दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली आँधी (टोर्नाडो) ले करिब ३०० घरमा क्षति पुर्‍याउँदा ४१ जना

दिल्ली, ८ भदौ । भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका

एजेन्सी, ८ भदौ । इराकले सशस्त्र समूह तथा मिलिसियासँग रहेका हतियार राज्यको नियन्त्रणमा ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ ।

एजेन्सी, ८ भदौ । गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहानै भारी वर्षापछि ‘ल्यान्डफिल’को फोहोरको थुप्रो छिमेकी घरहरूमाथि ढल्दा कैयौँ व्यक्तिको मृत्यु