आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

आज १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर रु तीन, डिजेल र मट्टितेल रु पाँचले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ छ पैसा बढेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर रु २०० पुगेको छ । सुर्खेत र दाङमा रु १९९ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ