जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौँ, १४ साउन । धनुषाको जनकपुरधाममा कर्फ्यु आदेश जारी गरिएको छ ।

आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका निम्ति कर्फ्यु लगाइएको हो । सुनसरीको कप्तानगन्जमा भएको घटनाको विरोधमा जनकपुरधामका विभिन्न स्थानमा बिहीबार बिहानैदेखि प्रदर्शन गरिएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

योसँगै उल्लिखित क्षेत्रमा भेला हुन, जुलुस, प्रदर्शन तथा घेराउ गर्न नपाइने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौँ जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । आज २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको चतुर्थी

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू