मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १३ साउन । पाल्पाको पूर्वखोला गाउँपालिका–१ तामाखानीमा मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश ०१–००५ प ४०४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट खस्दा पूर्वखोला गाउँपालिका–१ सामुङ्गा निवासी अन्दाजी २८ वर्षीय दिमस सारूको मृत्यु भएको हो ।

मोटरसाइकल  करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।  कतारको राजधानी दोहामा जारी बैंकको

पोखरा, १३ असोज । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।

काठमाडौँ, १२ असोज । राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति समक्ष समावेशी आयोगले आर्थिक