ब्राउन सुगरसहित एक भारतीय पक्राउ

काठमाडौँ, १३ साउन । झापामा ब्राउन सुगरसहित एक भारतीय पक्राउ परेका छन् ।

झापा गाउँपालिका–३, कत्लामारीबाट ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो । 

मंगलबार राति करिब कत्लामारीमा प्रहरी चौकी टाघनडुब्बा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको द्यच् घठब्द्य छडछढ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गरिएको थियो । 

चेकजाँचका क्रममा भारतको किशनगञ्ज धनतोला मोहमारी बस्ने अन्दाजी २२ वर्षीय एमडी फारुकको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५० ग्राम ५० मिलिग्राम फेला फेला परेको हो । लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ साउन । सरकारले ४ जना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ सचिवको सरुवा र

काठमाडौँ, १४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।

काठमाडौँ, १४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले पद तथा गोपनीयताको

काठमाडौँ, १४ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम