ठूलो परिमाणको लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौँ, १३ साउन । ठूलो परिमाणको लागुऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–१४  गाङखेलबाट मंगलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध तीनजनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ का २४ वर्षीय दीपक राई छन् । 
  
उनीहरूले भारतबाट अवैध रूपमा नेपाल ल्याई लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध  एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी  ७०१७ नम्बर गाडी, वाग्मती प्रदेश  ०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल तीन थान र नेपाली रूपैयाँ समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ साउन । सरकारले ४ जना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ सचिवको सरुवा र

काठमाडौँ, १४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।

काठमाडौँ, १४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले पद तथा गोपनीयताको

काठमाडौँ, १४ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम