सतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं : उपसभापति शर्मा

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी नरहेको बताएका छन् ।

विगतका गलत प्रवृत्ति सच्याउन कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको उनले दावी गरे । प्रदेशहरुमा प्रतिपक्षविहीन स्थिति ल्याउनेगरी राखिएको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको उनले बताए ।

उनले भने ‘सत्ता, सत्ता र सत्ता । जसरी पनि सत्ता ।  जे-जस्तै सम्झौता गरेर पनि सत्ता । हाम्रो राजनीतिमा केही समय यता नराम्रोसँग विकसित गलत प्रवृत्तिका विरुद्ध नेपाली का‌ंग्रेस फरक सन्देशका साथ उभिन पुगेको छ । सतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं ।’

संविधान संशोधन लगायतका प्रश्नमा एमाले र नेकपासँग आवश्यक सहकार्य गर्न कांग्रेस तयार रहेको पनि शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी र पहिरोको यो महाविपद्को समयमा सबै राजनीतिक

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा