प्रहरी हुँ भन्दै रकम असुल्ने पक्राउ

काठमाडौँ, ९ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –१३ घर भई हाल ओमसतिया गाउँपालिका –०४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् ।

शुक्रबार साउन ८ गते साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले “म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग रु। १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको थियो ।

उनको शरीर तथा डेरा कोठाको खानतलासी गर्दा कोठामा लुकाई छिपाइ राखिएको नक्कली रिभल्भर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, लागु औषध गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद रु. २ हजार ६ सय बरामद गरि बरामद सामग्री सहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ। फोर्ट हुड

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।