मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ, ८ साउन । मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका ४ भद्रचोकमा बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झापाको गौरीगञ्ज गाउँपालिका ६ बस्ने २८ वर्षीय वरुण कुमार राजवंशीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा रतुवामाई नगर अस्पताल झुरकिया मोरङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्वी नवलपरासी (नवलपुर) को कावासोती नगरपालिका–१६ मा  मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको लु ५० प ५५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४५ वर्षीय सुरज विकको मृत्यु भएको हो ।

गएराति ९ बजे उनी सडकमा घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । अनुसन्धानका क्रममा उनलाई नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको खुलेको थियो । त्यसपछि प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ। फोर्ट हुड

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।