करेन्ट लागेर एक महिलाको मृत्यु

काठमाडौँ, ७ साउन । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ भुम्लुटारमा विद्युतीय खम्बा बाँध्ने तारमा करेन्ट प्रवाह भएपछि एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मृत्यु हुने महिला भुम्लु गाउँपालिका–७ फलाँटे निवासी देवी उप्रेती रहेका छन् ।

स्थानीय बजारमा दूध पुर्‍याउन सोही बाटो प्रयोग जाने क्रममा विद्युतीय खम्बा अड्याउन प्रयोग हुने तारमा करेन्ट प्रवाह भएको अवस्थामा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ साउन । इरानको तेल निर्यातबाट हुने आम्दानी उल्लेखनीय रूपमा बढेको छ । इरानी सञ्चारमाध्यमका अनुसार चालु इरानी वर्षको पहिलो

काठमाडौँ, ८ साउन । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार

काठमाडौँ, ८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा

काठमाडौँ, ८ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५८ सय रुपैयाँले