काठमाडौँ, ६ साउन । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान ११ः४५ बजे सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गुर्भाकोट नगरपालिका–१३, सेराघारीमा दुर्घटना भएको हो ।
गाडी अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।





