केराको मूल्य बढ्यो

काठमाडौँ, ६ साउन । बजारमा केराको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज केराको मूल्य बढेको हो ।

आज केरा प्रतिदर्जन थोकमा न्यूनतम २०० देखि अधिकतम ३०० र औसत २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजोको तुलनामा यो मूल्य प्रतिदर्जन औसत २५ रुपैयाँ महँगो हो । हिजो मंगलबार केरा प्रतिदर्जन थोकमा न्यूनतम २०० देखि अधिकतम २५० र औसत २२५ रुपैयाँमा किनबेच भएको थियो ।

थोक बजारमै केराको भाउ महँगो भएपछि खुद्रा बजारमा उपभोक्ता झन् महँगो मूल्य तिर्न बाध्य हुनेछन् । भारतबाट केरा आयात रोकिएपछि किसानले बारीबाटै महँगो मूल्यमा केरा बेचेकाले उपभोक्तालाई पनि महँगो मूल्य परेको व्यवसायीहरूले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध प्रा.डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका

काठमाडौँ, ६ साउन । कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन साहले फेसबुकबाट कर फिर्ताको घोषणा गरेकोप्रति आपत्ति प्रकट गरेका छन् ।

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ साउन । बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज केराको